|

काठमाडौं : राहदानी विभागमा राहदानी बनाउने भीड अस्वभावित रुपमा बढेको छ। सोमबार आवेदनको संख्या करिब तीन हजार पुगेको छ।

यसअघि दैनिक बढीमा ५०० आवेदन पर्दै आएको थियो। दशैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्याधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

राहदानी बनाउन आउने अधिकांशको धारण छ, ‘अमेरिकी डिभीले गर्दा दुःख पाइयो। राहदानी नम्बर नभए डिभीको फारम स्वीकार हुँदैन रहेछ।’ असोज १५ मा खुलेको डिभी २०२१ को कार्यक्रम कात्तिक १९ मा सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.