|
Photo : reuters

काबुल : अफगानिस्तानको संसद् भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ।

व्यस्त समयमा भएको यस बिस्फोटनमा ८० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अधिकांश संसद् भवनमा कार्यरत कर्मचारी छ। घटनाको आतंककारी संगठन तालिवानले जिम्मा लिएको छ।

बिस्फोटमा थुप्रै निर्दोष सर्वसाधारण तथा स‌ंसद् भवनका कर्मचारीको मृत्यु भएको संसद् भवनका घाइते सुरक्षा गार्ड जाबीले एएफपी समाचार समितिलाई बताएका छन्। प्रत्यक्षदर्शी जाबीका अनुसार पहिलो बिस्फोट पैदल हिँडिरहेको आत्मघाती आक्रमणकारीले गराएका थिए। संसद भवनको सडकपारी पार्किङ गरेर राखेको अर्को एक कारमा दोस्रो बम बिस्फोट भएको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.