२३ वर्षमा ५५ अर्बको व्यापार, आयात-निर्यात समान

|

काठमाडौं :  नेपाल-बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठक काठमाडौंमा बसेको छ। काठमाडौंको होट याक एण्ड यतिमा भएको  सहसचिवस्तरीय बैठकमा दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौताबारे तयार प्रारम्भिक खाकामा छलफल भइरहेको जनाइएको छ।

वाणिज्य मन्त्रालयका अधिकारीका अनुसार बंगलादेशले प्रतिवन्धित जुसलाई खुला गर्ने माग राखेको छ। नेपालले धागोको व्यापारमा सहजीकरण गर्ने माग अघि सार्ने भएको छ।

केही वर्षअघिसम्म बंगलादेश निर्यात हुने सामाग्रीमा नेपाली धागो मुख्य वस्तु थियो। पछिल्लो समय धागो निकासीमा विभिन्‍न बहानामा अवरोध गर्दै आएको उद्योगी शशिकान्त अग्रावालको गुनासो छ। व्यापार सहजीकरण भए वार्षिक ६ अर्ब रुपैयाँ  बराबरको धागो निकासी गर्न सकिने अग्रवालको भनाइ रहेको छ।

नेपाल र बंगलादेशबीच २०३२ सालमै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो। आर्थिक वर्ष २०५४/५५ बाट दुई देशको व्यापार विस्तार भएको थियो। 

नेपाल बंगलादेश व्यापार

आर्थिक वर्ष २०५४/५५ बाट दुई देशको व्यापार विस्तार भएको थियो। चालु आर्थिक वर्षको दुई महिनासँगै नेपालले २३ वर्षमा ५५ अर्ब ६ करोड ७९ लाख रुपैयाँको व्यपार गरेको छ।

जसमा आयात/ निर्यात दुवै २७/२७ अर्ब रहेको छ। करोडको हिसाब निकाल्दा भने नेपाल करिब ७६ करोड घाटामा छ। जबकी चालु आर्थिक वर्षको दुई महिनाको हिसाब गर्ने हो भने पनि नेपालको घाटा ८४ करोड देखिन्छ। 

नेपाल बंगलादेशको २३ वर्षको व्यापार
आर्थिक वर्ष  निर्यात आयात जम्मा व्यापार
२०५४/२०५५ ११५७७६० १३,१२६,२७४ १४,२८४,०३४
२०५५/२०५६ ४२३५१७१६ ९०,४४१,४५४ १३२,७९३,१७०
२०५६/२०५७ ९४२३२६०० ४१,३२२,२१३ १३५,५५४,८१३
२०५७/२०५८ २३६१६५३४ ५१,३७९,५६९ ७४,९९६,१०३
२०५८/२०५९ ८१७१७४६३ ८२,०१६,९९६ १६३,७३४,४५९
२०५९/२०६० ११७९६५९० १४०,९१५,८२८ १५२,७१२,४१८
२०६०/२०६१ ७३४०८९६३ १०७,७५९,६०८ १८१,१६८,५७१
२०६१/२०६२ १५९०१८९२४ १०४,८९१,२७६ २६३,९१०,२००
२०६२/२०६३ २३५१०४३७६ ३८०,३१८,८०० ६१५,४२३,१७६
२०६३/२०६४ ५४१३३७३०८ ४९९,७८०,८०८ १,०४१,११८,११६
२०६४/२०६५ ४८३२५२८९८ ४००,८८०,४२७ ८८४,१३३,३२५
२०६५/२०६६ ५१३२८०१३०८ ३३७,०५१,२५० ५,४६९,८५२,५५८
२०६६/२०६७ ३२९७२४१४७५ ६८६,८५६,३१४ ३,९८४,०९७,७८९
२०६७/२०६८ ३४७०९९११८६ १,०३३,०१३,८९९ ४,५०४,००५,०८५
२०६८/२०६९ २५२५२२०१२० १,३९१,९९४,९९८ ३,९१७,२१५,११८
२०६९/२०७० २८१३२०२७२० २,०५४,४१२,०९१ ४,८६७,६१४,८११
२०७०/२०७१ २०९५७९९७७२ १,४३२,९३९,८१० ३,५२८,७३९,५८२
२०७१/२०७२ ११५१८२१८५९ २,५५०,१२१,३५५ ३,७०१,९४३,२१४
२०७२/२०७३ १२६२७४६०५८ ३,६०६,३७७,१८२ ४,८६९,१२३,२४०
२०७३/२०७४ १०३३८५५६३० ३,८७५,८२९,१५४ ४,९०९,६८४,७८४
२०७४/२०७५ १,०८३,०२३,००० ४,७९१,०३३,००० ५,८७४,०५६,०००
२०७५/२०७६ १,२९३,४७५,००० ४,२४२,२४५,००० ५,५३५,७२०,०००
२०७६/२०७७ दुई महिना २४४,९४६,००० १,११९,५५६,००० २४६,०६५,५५६
जम्मा व्यापार २७१५२११९२६० २७,९१५,८२६,८६२ ५५,०६७,९४६,१२२

उल्लेखित तथ्यांकले नेपाल र  बंगलादेशको व्यपार सन्तुलनमा रहेको देखाउँछ। तर पछिल्लो ६ वर्षलाई मात्रै आधार मान्‍ने हो भने व्यपार तीव्र असन्तुलनतर्फ गएको देखिन्छ। आर्थिक वर्ष २०७०/७१ मा एक अर्ब ६४ करोड ६२ लाखको सामान आयत भएको छ। यस हिसाबले बंगलादेशसँगको व्यपार नाफा ३० करोड बढी रहेको थियो। 

आर्थिक वर्ष २०७१/७२ देखि खस्किएको बंगलादेशसँगको व्यापार सुध्रन सकेको छैन। आर्थिक वर्ष २०७१/७२ मा नेपालले तीन अर्ब ८१ करोड रुपैयाँको व्यपार गरेकोमा दुई अर्ब ७३ करोडको आयात र एक अर्ब ८ करोडको निर्यात भयो। आयात अघिल्लो आर्थिक वर्षको तुलानमा दुई गुणा वृद्धि भए पनि निर्यात भने ८७ करोड रुपैयाँले घट्यो।

आर्थिक वर्ष २०७५/७६ सम्मको पाँच वर्षको अवधिमा नेपालले व्यार करिब दुई अर्ब रुपैयाँले बढेको छ। यो अवधिमा २१ करोड रुपैयाँ बढेकोमा आयात भने डेढ अर्ब भन्दा बढी बढेको देखिन्छ।

यो आर्थिक वर्षमा चार अर्ब २४ करोडको आयत हुँदा निर्यात भने एक अर्ब २९ करोड रुपैयाँको भएको छ। ६ वर्षअघिसम्म वार्षिक व्यपार ३० करोड नाफामा रहेकोमा यो आर्थिक वर्षमा आइपुग्दा दुई अर्ब नौ करोड रुपैयाँ घटामा पुगेको छ। 

चालु वर्षमा घाटाको गति थप बढेको छ। दुई महिनाको अवधिमा एक अर्ब ३६ करोड रुपैयाँको व्यापार भएकोमा ८७ करोड रुपैयाँ घटामा रहेकोछ छ। २४ करोड रुपैयाँको मात्रै निर्यात हुदा आयत एक अर्ब १२ करोड पुगेको छ। 

यस्ता छन् जेटिजी चौथो बैठकका एजेण्डा

वाणिज्य तथा पारवहन सन्धिले तयार पारेको दुई देशबीचको व्यापारको मार्गनिर्देशका आधारमा सहुलियलपूर्ण व्यापारको विषयलाई बैठकको पहिलो प्राथमिकतामा राखिएको वाणिज्य मन्यालयले जनाएको छ।

मन्त्रालयका एक अधिकारी भन्छन्, ‘दुवै मुलुक व्यापार सम्झौता गर्ने विषयमा सहमत छन्। प्राविधिक समितिको वार्ताले दुवै मुलुकका निश्चित वस्तुलाई सहज बजार पहुँच दिने लगयातका विषयमा खाका तय हुन सक्छ।'

मन्त्रालयका अनुसार बंगलादेशले न्सार सुविधाका लागि केही  वस्तुहरूको सूची नेपाल सरकारलाई पठाएको छ भने नेपालले बंगलादेशलाई करिब एक सय वस्तुको सूची पठाइसकेको छ।

नेपालले बंगलादेशमा धागोका बस्तु जडीबुटी तथा बनस्पतिका वस्तु निर्यात गर्छ भने बंगलादेशले नेपालमा कपडा तथा जुस मूख्य वस्तुका रुपमा पठाउँदै आएको छ। 

तर पछिल्लो सयम बंगलादेशले पठाउने जुस र नेपाललले पठाउने धागोमा दुई देशले अवरोध सिर्जना गरेका छन्। यस विषयमा विस्तृत छलफल गरिने जनाइएको छ।

छलफलका क्रममा  नेपाल-बंगलादेशबीच ऊर्जा व्यापार, भन्सार छुटको सूची हेरफेर तथा थप गर्ने,  विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान, भारत-बंगलादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने लगायतका विषय पनि एजेण्ड रहेको छ। 

 बंगलादेशसँग सन् १९७६ मा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको थियो। हाल नेपालले फूलबारी बन्दगाह मात्रै प्रयोग गर्न पाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.