विश्व

युक्रेनको ऐतिहासिक स्मारक बम आक्रमण गरि ध्वस्त
SHARES

पुस २७, २०७३

    दोश्रो विश्वयुद्धमा आम नरसंहारमा परी मृत्यु भएका तत्कालीन सोभियत सङ्घका सैनिक र पोल्यान्डका सर्वसाधारण ग्रामीण नागरिकको स्मृतिमा पश्चिमी युक्रेनको एक ग्रामीण इलाकामा खडा गरिएको एउटा ऐतिहासिक स्मारकलाई अज्ञात समूहले बम पड्काएर ध्वस्त पारेका छन्।

    युक्रेनको लभिभ क्षेत्रको राष्ट्रिय प्रहरीले एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार हुता पेन्यात्स्का ग्रामीण क्षेत्रमा विशाल ढुङ्गाको क्रस निर्माण गरी आम नरसंहारमा परेका मृतकहरुको नाम कुँदेर खडा गरिएको उक्त ऐतिहासिक स्मारक ध्वस्त पारिएको बताएको छ।

    १९४४ मा हिटलरका नाजी सैनिकले तत्कालीन सोभियत सङ्घअन्तर्गतको युक्रेनबाट युवालाई नाजी स्वयंसेवक सैनिक दस्तामा जबर्जस्ती भर्ना गरेर उनीहरुलाई नै प्रयोग गरी उक्त स्थानमा लगिएका सोभियत सङ्घका सैनिक तथा पोल्यान्डका सर्वसाधारण ग्रामीण नागरिकहरु समेत करिब १ हजार २ सयको एकै चिहान बनाई निमर्मतापूर्वक हत्या गरेको भन्ने विश्वास गरिएको भनी पोल्यान्डको राष्ट्रिय स्मृति प्रतिष्ठान (पोलिस इन्स्टिच्युट अफ नेसनल रिमेम्बरेन्स) ले जनाएको छ।

    युक्रेनी सञ्चारमाध्यम तथा प्रसारणहरुले देखाएका घटनास्थलको तस्बीर र भिडियो दृश्यमा युक्रेनी राष्ट्रिय झण्डा तथा राष्ट्रिय रङ्गको प्रतीक चिह्नकाबीच मृतक सहिदहरुको नामाङ्कन गरिएको दुईवटा विशाल चारपाटे ढुङ्गा टुक्रा टुक्रामा छरपस्ट भएको देखाएको छ।

    लभिभ क्षेत्रको राष्ट्रिय प्रहरीले घटनाको अनुसन्धान र विध्वंशकारीहरुको खोजी भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]