|

पाँचथर : नवजात शिशुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिदिन–४ की २१ वर्षीया रमिला राई र फिदिम–१ का २८ वर्षीय केवल राई रहेका छन्।

अनुसन्धानमा उनीहरुको संलग्नता भएको पुष्टी भएको प्रहरीले जनाएको छ। शिशुको शब २४ गते सिदिनमा भेटिएको थियो।

रमिला र केवल विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.