राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, पुनर्निर्माण प्राधिकरणका सिईओबारे निर्णय गर्ने
SHARES

पुस २७, २०७३

    काठमाडौं : बुधबार मन्त्रीपरिषद्को बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो पटक दिएको स्पष्टीकरणबारे छलफल हुने एक मन्त्रीले बताएका छन्।

    पहिलो स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई बिहीबार दोस्रो स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले आइतबार सरकारलाई दोस्रो स्पष्टीकरण बुझाएका थिए।

    दोस्रो स्पष्टीकरण पनि चित्त नबुझेको भन्दै बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गर्न सक्ने ती मन्त्रीले जानकारी दिए।

    ओली सरकारले नियुक्त गरेका ज्ञवालीलाई हटाएर नेपाली काँग्रेस निकट डा. गोबिन्द पोखरेललाई नियुक्त गर्ने सरकारको तयारी छ।

    हरेक हप्ता बिहीबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने गरेपनि यसपटक बुधबार नै प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]