|

काठमाडौं : आज देशका अभिकांश स्थानको मौसम बदली भई केहि स्थानमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ। 

मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भई केहि स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमवीद् बरुण पौडेलका अनुसार पश्चिमी भेगमा पनि पानी पर्ने संभावना छ। काठमाडौं उपत्यकामा पनि बेलुकीपख पानी पर्न सक्ने पौडेलले बताए। देशका धेरैजसो स्थानको आकासमा बादल लागेर धुम्म हुनेछ। देशका अधिकासं स्थानमा पारिलो घाम लाग्ने छैन भने उच्च पहाडी एक दुई स्थानमा हिमपातको समेत संभावना रहेको पौडेलेको भनाइ छ।

पर्सीसम्म देशका धेरै जसो स्थानको मौसम पूर्ण रुपमा बदली रहने महाशाखाले अनुमान गरेको छ। काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.