वार्ता गर्दै पशुपति क्षेत्र विकास कोष

|

काठमाडौंः पशुपति आर्यघाटमा शव जलाउनेहरुले विभिन्‍न माग राखेर आन्दोलन थालेका छन्। शव जलाउनेहरु आन्दोलित भएपछि शव जल्नै छाडेका छन्। 

कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ।

आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बुधबार बिहानदेखि आन्दोलन थालेका हुन्। कामदारहरुले बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने र खाडल खन्‍ने काम बन्द गरेका हुन्।

शव जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति देखिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल अनुसार असन्तुष्ट पक्षसँग वार्ता भइरहेको छ।

'हामी अहिले कामदारसँग वार्ता गरिरहेका छौँ', उनले भने, 'तत्कालै सहमति जुटाएर कामदारहरु शव जलाउने काममा फर्किनेछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.