|

हेटौंडा :   धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ६२० नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ।

मुत्यु हुनेमा पैदल यात्रु बकैया ७ अधेरी बस्ने ५५ वर्षीय कृष्णबहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।

घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ। मोटरसाइकल चालक बकैया ३ हात्तिसुडे बस्ने २४ वर्षीय सबिन दर्नाल रहेको र चालक पनि घाइते अवस्थामा रहेको उनको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल  प्रहरी चौकी हात्तिसुडेको नियन्त्रण रहेको उपरिक्षक सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.