पोखरा विश्वविद्यालयको जागिर छोडेर चुनाबमा

|

पोखरा : कास्कीमा २ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोटमा व्यस्त छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ प्रतिनिधिसभा सदस्यविहीन छ। सोही क्षेत्रमा अहिले चुनावी सरगर्मी तातेको छ।

कांग्रेसले क्षेत्र र जिल्लाले उम्मेदवार छनोट गर्न नसकेर आकांक्षी १६ जनाकै नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ। उता, नेकपाभित्र पनि आन्तरिक रस्साकस्सी उस्तै छ। नेकपामा पनि उम्मेदवार बन्न चाहनेहरुको लाइन धेरै नै छ।

यता, साझा पार्टी नेपालले भने बुधबार आफ्नो उम्मेदवार घोषणा गरेको छ। उसले रजनी केसीलाई चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको हो। साझा पार्टीले २ दिन दिनयता मंसिर १४ मा हुने उपनिर्वाचन केन्द्रित रहेर चुनावी रणनीति तयार गर्न भन्दै पोखरामा केन्द्रीय समितिको बैठकसमेत राखेको थियो।

साझा पार्टीको केन्द्रीय समितिको बैठकले रजनी केसीलाई उम्मेदवार बनाउने भएको हो। लामो समय नेपाली कांग्रेसको सक्रिय सदस्य रहेकी केसी केही महिनाअघि मात्रै साझा पार्टी प्रवेश गरेकी हुन्। उनले सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायत विभिन्न संघ, संस्थाहरूमा नेतृत्व गरिसकेकी छन्।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसंख्या, लैंगिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

'पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत् एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध गर्न साझाले युवा सोचलाई स्थान दिएको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए। साझाले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देशभरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आमजन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.