|
फाइल फोटो

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित बगर भन्ने ठाउँमा हिमपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु  भएको छ। अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पर्स्याङका १८ वर्षीय सञ्जय खनालको हिमपहिरोबाट थुप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न गएको थियो। बाँकी २ जना घाइते छन्। घाइते भएका पर्स्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.