|

रौतहट : जिउदै मान्छे इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ परे पनि अन्य ४ जना अभियुक्तहरु अझै फरार रहेका छन्।

बम विष्फोटमा परी घाइतेलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमसहित ४ जना माथि किटानी जाहेरी छ। जसमध्ये अझै ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन। यसरी फरार हुनेहरुमा मन्त्री अफताब आलमका आफ्नै भाइ महताब आलम, स्थानीय शेख भदै, मोबिन आलम र शेख सराज रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्।

फरार अभियुक्तहरुको खोजी कार्य प्रहरी जारी राखेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्।

मन्त्री आलमलाई पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम विष्फोट गराई घाइतेहरुलाई जिउँदै इँट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो। पहिलोपटक अनुसन्धानको लागी ७ दिनको म्याद थपेको र फेरि ५ दिन पुन म्याद थपी प्रहरीले अनुसन्धान गरिरहेको छ।

आलमलाई अनुसन्धान गर्न कात्तिक ८ गते सम्मको जिल्ला अदालत रौतहट गौरले म्याद थप गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.