|

नर्दन आयरल्यान्डबाट एस्सेक्स प्रहरीले ३९ जनाको हत्या आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। लन्डनबाट २० माइल टाढा रहेको ग्रेस औद्योगिक क्षेत्रमा बरामद गरिएको सपिङ कन्टेनरमा ३९ वटा शव भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार वाटरग्ल्याड औद्योगिक पार्कमा राखिएको कन्टेनरमा शवहरू भेटिएको हो। भेटिएका मध्ये ३८ वयष्कको र एउटा किशोरको शव रहेका प्रहरी अधिकारीहरूले जनाएका छन्। परीक्षणपछि प्रहरीले ती सबैको मृत्यु भएको घोषणा गरेको थियो।

एक्सेसका प्रहरी प्रमुख एन्ड्रव मारिनरले संचार माध्यमहरूसँग कुरा गर्दै 'दुखद् घटना' रहेको बताए। उनले त्यहाँ कस्तो प्रकृतिकको घटना घटेको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए। 'हामीले मृतकको शनाखत गर्ने प्रक्रिया सुरु गरेका छौँ,' उनले भने, 'यद्यपि, यसको प्रक्रिया पूरा गर्न केही समय लाग्नेछ।'

प्रहरी अधिकारीहरूका अनुसार उक्त कन्टेनर बुल्गेरियाबाट ल्याइएको प्रहरीको विश्वास छ। कन्टेनर १९ सेक्टेबर, आइतबारका दिन आइरिस व्यक्तिले ल्याइएको बताइको छ। अनुसन्धान निचोडको नजिक पुगेको प्रहरी प्रमुख मारिनरले बताए। 'हामीले कन्टेनरका ड्राइभरलाई पक्राउ गरेका छौँ। उनलाई हिरासतमा राखेर छानबिन गरिरहेका छौँ' उनले भने।

प्रहरीले पक्राउ परेका व्यक्तिका बारेमा केही बताएको छैन। प्रधानमन्त्री वोरिस जोन्सनले एक्सेसमा अत्यान्तै दुःख घटना घटेको बताए। उनले आफू घटनाका बारेमा निरन्तर जानकारी लिरहेको र गृह प्रशासन र प्रहरी घटनाका बारेको अनुसन्धानको निचोडनजिक पुगेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.