विदेश जाने बढ्न थाले

|

काठमाडौं : लामो समयदेखि वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको छ। तर केही समययता रेमिट्यान्स आप्रवाह बढ्दै गरेको अवस्थामा चालू आर्थिक वर्षको दोस्रो महिनामा घटेको छ।

विगतका महिनाहरूमा वृद्धिदरमा कमी देखिए पनि नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले रेमिट्यान्स घटेको छ। 

 नेपाल समीक्षा अवधिमा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३% ले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३% ले बढेको थियो।

लगातार श्रम स्वीकृति लिनको संख्या घटेकोमा भने भदौ मसान्तसम्मको अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले  बढेको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले ले घटेको थियो। साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि १०.३ ले बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.