|
प्रतीकात्मक फोटो

सिन्धुपाल्चोक : यहाँ बुधबार फरक दुईवटा घटनामा एकजना बेपत्ता भएका छन् भने अर्का एकजनाको मृत्यु भएको छ।

चौतारा साँगाचोकगढी १० चालिसे बगरस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। भोटेकोशी गाउँपालिका ४ हिन्दीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यायका डिएसपी माधव काफ्लेले जानकारी दिए।

कार्कीटारका दिलबहादुर कार्कीको छोरा ३० वर्षीय विदुर कार्कीको बेपत्ता भएको छन्। खोलाले बगाएर बेपत्ता भएको कार्कीको प्रहरी र स्थानीयको सक्रियतमा खोजीकार्य भइरहेको छ।

यस्तै, करेन्ट लागेर सोही ठाउँका ६० वर्षीय गोरे श्रेष्ठको मृत्यु भएको हो। सोही ठाउँकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको २ तले घरको छतमा रहेको पानी ट्यांकी राख्ने स्ट्याण्ड लिन जाने क्रममा उनलाई करेन्ट लागेको हो। फलामको भर्‍याङमाथि लगी तल झार्ने क्रममा नजिकको पोलको थ्री फेजको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ।

करेन्ट लागेर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो। उपचारको क्रममा उनलाई मृतक घोषणा गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.