प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

संविधान संशोधन सिमित मधेसी नेताको पक्षमा : ओली
SHARES

पुस २७, २०७३

    दमकः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश भएको संविधान संशोधन मधेशी जनताको नभई केही मधेसी नेताको हितमा रहको बताएका छन्। प्रेस चौतारी झापाले बुधबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान संशोधन मधेसी जनताको माग होइन, बाह्य इशारामा मधेसका केही नेताले ल्याएका हुन्।’

    उनले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने अडान दाहोर्‍याउँदै सरकारले हिमाल, पहाड र तराईमा मिलेर बसेका जनताबीचको एकता बिथोल्न खोजेको आरोप लगाए। ओलीले वर्तमान सरकार गठन प्रक्रिया नै गलत भएको दाबी गरे। ‘लोकमानसिंह कार्कीजस्तै सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएको छ, उनले भने, ‘त्यसैले यो सरकारले राष्ट्रको हितमा काम गर्न सक्दैन।’ 

    मधेश आन्दोलन, प्रतिपक्षी कांग्रेसको कमजोर भूमिका र भारतीय नाकाबन्दीका बाबजुत आफूनेतृत्वको सरकारले प्रभावकारी काम गरेको भन्दै उनले वर्तमान सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे। अध्यक्ष अोलीले भूकम्प प्रभावित जनता अझै पालमुनि बस्न बाध्य भएको भन्दै संविधान संशोधनको कुरा छाडेर पुनर्निर्माणमा लाग्न सरकारलाई आग्रह गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]