|

काठमाडौंः उपत्यकामा ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने खालका सवारीसाधन गुडाउन नपाइने भएको छ। त्यस्ता सवारीसाधन गुडाएमा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

मोटरसाइकहरूले सहरमा ठूला आवाज निकालेर कोलाहल मच्चाएकोले त्यस्ता सवारीसाधनलाई कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए।

उनले भने, 'मोटरसाइकलको स्वरूप फेरेर सञ्चालन गर्न पाइनेछैन।' बोटामा बाङगोटिङगो गरेर चलाउने सवारीसाधनलाई समेत कारबाही गरिने उनको भनाइ छ।यदि कानुनको उल्लंघन गरेमा अधिकतम मात्रामा जरिवाना गराइने उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.