|

रामेछाप : रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो।

बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अरू २ जनाको रामेछापमै उपचार भइरहेको छ।

दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.