|

काठमाडौंः यस पटकको तिहारमा पटाका आयातमा कडाइ गर्न लागि काठमाडौं छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए । 

तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा नियन्त्रण गरिने उनले जानकारी दिए। 

यसैगरी, घरधनीको स्वीकृति लिएर बिनाकरकाप राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने उनले प्रष्ट पारे। चाडपर्वलाई लक्षित गरी कालोबजारी हुन सक्ने भएकोले वाणिज्य विभागसँग समन्वय गरी बजार अनुगमन गरिने उनले थाहाखबरलाई जानकारी दिए ।

चाडपर्वमा चोरी, डकैती , लुटपाट हुने भएकोले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइने उनले जनाए। जुवा, तास जस्ता खेलमा अवाञ्छित क्रियाकलाप हुन नदिन २४ घण्टा उच्च निगरानी बढाइने उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.