|
फोटो : bbc.com र india.com

काठमाडौं : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। 

दुईपटकसम्म स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिएको र प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोले ज्ञवालीलाई बर्खास्त गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए। 

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको सिइओमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री कार्कीले बताए। पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। 

२०७२ साउन २८ गते पुनर्निर्माण प्राधिकरणको सिओओ नियुक्त भएका पोखरेल तत्कालीन सरकारले विधेयक पास गर्न नसक्दा प्राधिकरण खारेज भएपछि बाहिरिएका थिए।  

ज्ञवालीको जवाफ

सरकारले सोधेको स्पष्टिकरणको जवाफ दिँदै ज्ञवालीले सामान्य प्रशासन मन्त्रालयले जनशक्ति उपलब्ध गराउन सहयोग नगरेको र अर्थ मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउँदा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको उल्लेख गरेका थिए।

सरकारले पुस १४ गते ज्ञवालीको कार्य शैलीमाथि प्रश्न उठाउँदै ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो। 

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.