|

काठमाडौं : अदालतको आदेश\फैसला सरल र सर्वसाधारणले सहजरुपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने सञ्चारकर्मीहरुले बताएका छन्।

कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख र  हैरानी व्यहोर्नुपरेको सञ्चारकर्मीहरुले बताए। सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले आयोजना गरेको 'न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया’  कार्यक्रममा अदालती भाषा बुझ्न निकै जटिल भएको सञ्चारकर्मीहरुले बताए।

पत्रकार पुरुषोत्तम दाहाल, विष्णु निष्ठुरी, धमेन्द्र झा, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र दैनिकका सम्पादक पुस्कर माथेमा, बबिता बस्नेत, कपिल काफ्लेलगायतले अदालती भाषा सरलरुपमा प्रयोग गर्नुपर्ने र अदालती भाषालाई सरलरुपमा प्रयोग गर्न निर्देशिका नै तयार गर्नुपर्ने सुझाव दिए।

जटिल भाषामा फैसला लेखिदाँ यसको गलत व्याख्या हुने गरेको उनीहरुको भनाइ छ। अदालतको आदेश\फैसला सरल भाषामा सामान्य नागरिकले सहजसँग बुझ्न सक्नु हुनुपर्ने उनीहरुले बताए।

सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले अदालतले सकेसम्म सरल भाषामा आदेश\फैसला लेख्ने अभ्यास भइरहेको र कानुनी भाषाका कतिपय आफ्नै नियम हुने बताए। अदालत र मिडिया दुवै निरपेक्ष हुन नसक्ने भन्दै उनले वस्तुनिष्ठ र सत्य न्याय सम्प्रेषण गर्नु बताए।

सर्वोच्च अदातलका न्यायाधीश शारदाप्रसाद घिमिरेले पत्रकार र सर्वसाधारणले बुझ्ने भाषामा आदेश\फैसला लेख्ने प्रयास भैरहेको र कतिपय कानुनी शब्दलाई ध्यान दिनैपर्ने बताए। उच्च अदालत पाटनका मुख्य न्यायाधीश टङ्कबबहादुर मोक्तानले अदालत र सञ्चारमाध्यमबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.