|

नेपाल एकिकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। शाहको जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका प्रमुख दलका शिर्ष नेताहरु भृकुटीमण्डप पुगेका थिए। 

कार्यक्रमस्थलको गेटनजिकै राखिएको पृथ्वीनारायणको फोटोमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरे। पृथ्वी जयन्ति  मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अन्तरिम मन्त्रिपरिष्दका अध्यक्ष खिलराज रेग्मी, एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ लगायतका नेताहरु भृकुटीमण्डप पुगेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले स्वागत सम्मान गरे। हेर्नुस् १२ फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.