|

काठमाडौं :  सूचना प्रविधि क्षेत्रमा सक्रिय प्रिक्सा टेक्नोलोजिजले आफ्नो प्रिक्सा एडलीटिक्स सफ्टवेयर बजारमा ल्याएको छ।

यो टेक्नोलोजी नेपालमै पहिलो पटक निर्माण गरिएको हो। यसले विज्ञापनदाता र अनलाइन संचार पोर्टल प्रकाशकको कार्यसंचालन र सम्बन्धलाई व्यवस्थित गर्ने निर्माण कम्पनीले दाबी गरेको छ।

यो सफ्टवेयरको माध्यमबाट विज्ञापनदाताहरुले आफ्नो विभिन्‍न अनलाइन पोर्टलहरुमा भइरहेका ब्यानर तथा जिआईएफ विज्ञापनहरुको इम्प्रेसन, क्लिक, र युजरको तथ्यांक सजिलै लिन सक्नेछन्।  त्यसैगरी कतिजनाले विज्ञापन हेरे भन्‍ने पनि सहजै थाहा पाउन सकिनेछ।

विज्ञापनदातालाई आफ्ना विभिन्‍न अनलाइन पोर्टलमा रहेका सम्पूर्ण विज्ञापनको प्रगति तुलना गरी आफ्नो बजेट उपयोगिता विश्लेषण गर्न एडलीटिक्सले ठूलो सहयोग गर्ने निर्माण कम्पनीले जनाएको छ।

देश डिजिटल तथा डाटाको युगतर्फ अघिबढिरहेको बेला, एडलिटिक्सले अनलाइन विज्ञापन क्षेत्रमा फड्को मार्ने विश्वास प्रिक्सा टेक्नोलोजिजले राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.