|

काठमाडौं : मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ।

संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको छ। 
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निर्णय गर्‍यो। 

सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको गठबन्धनको टिप्पणीे छ। 
माघ एक गते नाचघरमा गठबन्धनको बृहत् अन्तरक्रिया

संविधान संशोधनको माग गर्दै आन्दोलनरत संघीय गठबन्धनले आगामी माघ १ गते काठमाडौंका बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ। ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन÷परिमार्जन’ विषयक गठबन्धनले अन्तरक्रिया गर्दैछ। संविधान संशोधनको विरोधका नाममा एमाले नेताहरुले नश्लीय अभिव्यक्ति र गतिविधि गरेर मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको गठबन्धनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.