सरकारका केही कामको निजी क्षेत्रले गर्‍यो यसरी प्रशंसा

|

काठमाडौं : बुधबार नेपाल चेम्बर अफ कर्शको ६६ औं स्थापना दिवसका अवसरमा निजी क्षेत्रका अधिकारीहरुले सरकारका कामको खुलेर प्रशंसा गरे। लोडसेडिङ न्युनिकरण र औद्योगिक विकासमा सरकारले बढाएको कामले निजी क्षेत्रमा उत्साह थपेको उनीहरुको प्रतिक्रिया छ।

उर्जा मन्त्रालय र उद्योग मन्त्रालयमार्फत भएका कामको प्रशंशा सुनेपछि प्रफुल्लित बनेको प्रधानमन्त्रीले आर्थिक परिवर्तनको नेतृत्व गर्ने बताए। 

'राजनीतिक परिवर्तनको नेतृत्व मैले गरे अब देशको आर्थिक परिवर्तनको नेतृत्व गर्ने चाहना  छ र मेरा काम पनि यसै अनुसार अघि बढेका छन्,' प्रधानमन्त्री प्रचण्डले भने। उनले अब सानातिना राजनीतिक कारण देखाएर विकासको काम नरोकिने बताए। 'राजनीतिक रुपमा हामीले हासिल गरेका केही उपलब्धिले त गर्व लाग्छ तर कहिलेकाही सानातिना राजनीतिक मतभेदले विकासमा प्रभाव पारेको छ, अब यस्तो हुन दिइने छैन,' प्रधानमन्त्रीले भने।

खुल्ला बजार अर्थनीति अनुसार सरकार अघि नबढेको, व्यवसायिका मर्म नबुझेको लगायतका विषयमा सरकारको आलोचना गरिरहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठले लिखित मन्तव्य पढ्दा-पढ्दै भने, 'प्रधानमन्त्रीलाई बधाई दिनु पर्नेछ। घण्टौं लामो लोडसेडिङ तपाईकै कार्यकालमा अन्त्य भएको छ, यसले निजी क्षेत्र निकै लाभान्वित भएको छ, प्रधानमन्त्रीलाई बधाई दिन चाहान्छौं,'श्रेष्ठले थपे,'यति ठुलो समस्याको रुपमा हेरिएको लोडसेडिङ त अन्त्य भयो तपाईका कार्यकालमा पानी, बाटो विस्तार र सडक निर्माणको विकास पनि यसै गरी होस्।' 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारका कामबाट निजी क्षेत्र आशावादी भएको बताए। उद्योग मन्त्री र उर्जा मन्त्रीसँगको प्ररामर्श र उनीहरुको कार्यशैलीले निजी क्षेत्रलाई उत्साहित बनाएको मुरारकाको प्रतिक्रिया थियो। 'घण्टौ लामो विद्युत कटौति उर्जामन्त्रीले अन्त्य गर्नु भएको छ, उद्योगमा केही समय बत्ती गएता पनि विगतको तुलनामा निकै कममात्रै भएको कारण हाम्रो उत्पादन क्षमता बढेको छ,' उर्जामन्त्री ज्यूले विद्युतसँग जोडिएका सबै विषय समधान गर्दै जानु भएको छ,'' मुरारकाले भने,'जलाशय र अर्धजलाशयको पीपीएदर तोकिनु, अनलाईनबाट लगानी फर्म भोर्ने व्यवस्था गरीनु जस्ता कार्य निकै सराहनिय छ।' उनले उद्योग मन्त्रालयले अघि सारेका काम र भइरहेको प्रगतिबाट निजी क्षेत्र उत्साहित भएको बताए। 'रुग्ढ उद्योग सञ्चाल गर्ने योजाना, उद्योगलाई दिइनु पर्ने सहुलियत औद्योगिक व्यवसाय ऐन लगायतका विषयमा हामी निकै उत्साहित भएका छौं,' श्रमिक र लगानी कर्ताबीच सुमधुर सम्बन्ध बन्दै गएको छ, उद्योग मन्त्री ज्यूले हाम्रा समस्यालाई प्राथमिकताका साथ राखिनु साथै समस्या समधानमा केन्द्रित भएको देख्दा हामी उत्साहित भएका छौं,' मुरारकाले भने।

प्रधानमन्त्रीको आर्थिक समृद्धि
प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वमा आर्थिक परिवर्तन गर्ने चाहना रहेको बताए। उनले यही चाहना अनुसार काम गर्दै गरेको दाबी गरे। सरकारले गरिरहेका काम र लिएको नीतिले निजीक्षेत्रलाई प्रोत्साहन पुगेको दाहलको भनाइ छ। 'सरकारले निजी क्षेत्रको मागलाई मध्यनजर राख्दै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून पारित गरेको तथा रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने कार्यलाई अगाडी बढाइनुले देशको विकासमा सहयोग पुग्नेछ,' दाहालले भने।
बैंक तथा वित्तीय क्षेत्र सम्बन्धी ऐन पारित भएसँगै वित्तीय क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने प्रधानमन्त्री प्रचण्डले बताए। उनले औद्योगिकरणको लागि विद्युत बिस्तार योजनामा सरकार रहेको बताए।  'लोडसेडिङको अन्त्य गर्दै हाल सञ्चालनमा रहेका उद्योगहरुमा नियमित विद्युत आपूर्ति र नयाँ उद्योगहरुका लागि विद्युत बिस्तार गर्न सरकार गम्भीर छ,' उनले भने।  प्रचण्डले आफू नेतृत्वको सरकार गठन भएपश्चात् राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर अनुगमन गरेको र केही प्रगति हासिल भएको बताए। प्रचण्डले निजी क्षेत्रको माग बमोजिम निर्यात प्रवर्द्धनमा सरकार केन्द्रित भएको बताए। 'दुई छिमेकी लगायत विश्व समुदायसँग निर्यात प्रवर्द्धनका लागि सरकारले प्रयत्न गरिरहेको छ,' उनले भने।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.