|

धनुषा : जनकपुरकी पत्रकार उमा सिंहको हत्या भएको ८ वर्ष पुरा भएको छ। २०६५ पौष २७ गते उनको हत्या भएको थियो। पत्रकार सिंहको स्मृति दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ धनुषाले श्रद्धाञ्जलीसभा गरेको छ। जनकचोकमा श्रद्धाञ्जली सभा गरियो। 

पत्रकारहरुले सहिद पत्रकार उमा सिंहको हत्या भएको दिन पुस २७ लाई कालो दिनको रुपमा पनि मनाउने गर्छन्। २७ पुस २०६५ मा जनकपुर–१४ स्थित सिंहको डेरामा ७\८ जनाको समुहले उनलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।

उपचारको लागि काठमाडौं लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। अदालतले उमाकुमारी सिंहको हत्याका मुख्य दोषी उमेश यादवलाई जन्मकैदको सजाय सुनाएको छ। त्यस्तै हत्याकी मुख्य योजनाकार उमसिंहकी भाउजु ललिलादेवी सिंहलाई २० वर्षको जेल सजाय सुनाइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.