|

धनुषा : जातीय माइनजनले ज्यानै मार्ने धम्की दिएपछि एक व्यक्ति घरबाट विस्थापित भएका छन्। जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाका अन्दाजी ४० वर्षीय गौरी मुखिया घरबाट विस्थापित भएका हुन्।

मुखिया अहिले जनकपुरधाममा आफ्न्तको घरमा बस्दै आएका छन्। विगत पाँच दिनदेखि घर पुगेका छैन। ज्यान मार्ने धम्की दिएको र गाउँबाट लखेटेर भगाएपछि आफु घर जान नपाएको मुखियाले बताए। 

जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भने, ‘मलाई मार्नका लागि दर्जनौं युवालाई १÷१ हजार भत्ता दिएर गाउँको चारैतिर परिचालन गरेको थाहा पाएको छु।’ जनकपुरमा समेत डरले कतै ननिस्किने गरेको पनि उनले बताए।

पीडित गौरी भन्छन्, ‘सुरुमा मेरो चार परिवारलाई बहिष्कार गर्यो। भोज खानबाट रोक लगयो। मेरो छोराछोरी वा परिवारबाट बोल्नेलाई जरिबाना लिने निर्णय पनि गर्यो। तर अहिले अब ज्यानै लिने निर्णय गरेपछि आफू अन्यायमा परेको छु।’

घरमा बस्न समेत नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएको गौरीले बताए। उनले जिल्ला प्रशासन कार्यालयले घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएको समेत बताए। 

उनले भने, ‘तर अहिलेसम्म उनीहरु (ज्यान मार्ने धम्की दिनेहरु)लाई केहि भएको छैन। बाध्य भएर पत्रकार सम्मेलन गरेँ। तपाईहरु न्यायका लागि पहल गरिदिनु पर्यो।’ उनी घर जान नसकेपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन्।

ज्यान मार्ने प्रयास किन ?

केहि दिनअगाडी स्थानीय बिरेन्द्र मुखियाकी सासु (नाम थाहा नभएको)को निधन भयो। उनले सामाजिक रितिरिवाज अनुसार सभाको (८ गाउँको) भोज आयोजना गरे। उक्त भोजमा बसैहियाबासी सहभागी भएनन्।

भोजमा बसैहियाबासी नआएपछि गौरी मुखियाले नै भाँडेको जातीय माइनजन र केहि अगुवाले आरोप लगाए। र गौरी मुखियालाई उनीहरु विभिन्न खालका टर्चर दिन थाले। तरपनि गौरी वास्ता गरेनन्। पछि त उनीहरु ज्यान मार्न नै केहि व्यक्तिलाई परिचालन गरेपनि गौरी विस्थापित हुन पुग्यो।

अहिले त्यहाँको जातीय माइनजन प्रदिप मुखिया छन्। तर उनका सबै काम भने देवशरण मुखिया सम्हाल्छन्। देवशरणले नै लठैत परिचालन गरेर आफूलाई ज्यान मार्ने प्रयास गरेको गौरीले बताउँछन्। पछिल्लो समय धन कमाएका कारण पनि उनीहरुलाई आँखा लागेको गोरीले बताए। उनले भने, ‘म मेहनत गरेर पैसा कमाए। अहिले एउटा जेसिबी, ७ वटा ट्याक्टर छ। गाडीको शो–रुम पनि छ। यो सम्पत्ति देखेपछि उनीहरु अतालिएका छन्।’ 

माइनजन र उनका लठैतहरुले पटक पटक जर्वजस्ती विभिन्न बहानामा रकमा ग्दै आएको र नदिएपछि पनि ज्यानै मार्ने प्रयास गरेको गौरीले बताए। 
उनले भने, ‘म आफ्नो काममा व्यस्त हुन्छु। जातीय भेलामा नगएपछि ५ लाखको दरले २० लाख जरिबाना तिनुपर्ने दबाब पनि उनीहरुले दिदै आएको थियो। वास्ता नगरेपछि अहिले घरबाटै विस्थापित गरायो।’

माइनजनीको नाममा गिरोह संचालन

प्रदिप मुखियाले माइनजनको नाममा गिरोह संचालन गरेका छन्। उनले देवशरण, जोगेन्द्र, सतु, बिल्टु र बिन्देलाई पाल्छन् र गाउँमा त्रास देखाएर अनेक बहानामा रकम असुली गरिरहेको स्थानीय बताउँछन्। उनीहरुको गिरोहले केहि वर्ष अगाडी स्थानीय मिथिला मुखियासँग ४३ हजार जरिबाना तिर्न लगाएका थिए। पीडित मिथिला भन्छन्, ‘स्थानीय बिन्दा मुखियाको पत्नीसँग बाख्राले रुख खाएको विषयमा विवाद भएको थियो। यतिकैमा उनीहरु आफुखुःशी पञ्चायत बसेर मबाट ४३ हजार जरिबाना लियो।’

स्थानीय सयौं व्यक्तिसँग विभिन्न बहाना बनाएर करिब १५ लाख रुपैया उनीहरुले जम्मा पारेका छन्। तर ति रुपैया कहाँ राखेका छन् कि खर्च गरिसकेको विषयमा समाजलाई जानकारी दिने गरेका छैन उनीहरु।  स्थानीय एक युवकले भने, ‘माइनजनले यहाँ शासन गर्छन्। हामी बोलेपछि मार्ने धम्की नै दिन्छन्। त्यसैले कोही केहि बोल्दैन उनीहरुको अगाडी।’ 

स्थानीय श्रीचन मुखियाले गौरीलाई बहिष्कार गर्नुका साथै गाउँबाटै लखेटेर भगाउनु गलत भएको बताए। उनले आफू उनीहरु (माइनजन समूह)लाई पटक पटक सम्झाए पनि नटेरेको बताए। उनले भने, ‘उनीहरु त गौरी अपराधी हो। यसलाई मार्नैपर्छ भनिरहेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.