|

सल्यान: बागचौर  नगरपालिका सल्यानको भवन निमार्णका लागि स्थानियले ५ रोपनी जग्गा दान गरेका छन्। बागचौर नगरपालिका वडा नं २ राप्ति राजमार्ग अन्तर्गतमा पर्ने हिमचोक नजिकै रहेको जग्गा स्थानीयवासीले दान गरेका हुन्।

जिल्ला मालपोत कार्यालय सल्यानमा आज १५ जनाले बागचौर नगरपालिकाको नाममा जग्गा पास गर दिएका छन्।  स्थानीय रेमन्त भण्डारी, भीम प्रकाश शर्मा, क्षेत्र बहादुर भण्डारी, शिला डाँगी, इश्वरी प्रसाद भण्डारी, सरिता भण्डारी, जुद्ध बहादुर भण्डारी, नविन्द्र कुमार केसी,भ्यूराज केसी, इश्वरी बहादुर खत्री, डब्बल कुमारी वली खत्री, बल बहादुर खत्री, दर्गा प्रसाद खत्री, मोहलाल खत्री जग्गादान गरेका हुन्।

जग्गा पास भएसँगै तत्काल भवन निमार्णको कार्य थालनी गरिने बागचौर नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। भवन निमार्ण पश्चात कार्यालयबाट सेवा सुविधा प्रदान गर्न सहज हुने न्यौपानेको भनाइ छ। नगरपालिकाको भवन भुकम्प प्रतिरोधी बन्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.