|

काठमाडौं : चर्चित हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडा सिस्‍नुपानी नेपालको सदस्य नै नरहेको खुलेको छ। सिंखडाले आफूलाई 'माथिको दबाब' हटाइएको दाबी गरिरहेका सन्दर्भमा सिस्‍नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्‍नागेले वक्तव्य निकाल्दै यस्तो बताएका हुन्। 

'कवि शैलेन्द्रजी सिस्‍नुपानी नेपालको सदस्य कहिल्यै पनि रहनुभएको थिएन', अध्यक्ष गाम्नागेले भनेका छन्, 'संस्थाको सदस्य नै नरहेको व्यक्तिलाई निष्काशन गर्ने भन्‍ने प्रश्‍नै हुँदैन।'

सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी गर्न थालेको २२ वर्षयता सिंखडाले २०७३ र २०७४ सालमा दुईपटक मात्रै देउसीमा सहभागिता जनाएको दाबी गरेको छ।

यो पनि : देउसी-भैलो टिममा अटाएनन् शैलेन्द्र सिंखडा, माथिको आदेशमा नाम हटाइएको गुनासो

'हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट केही कार्यक्रम समावेश गर्ने सहमति भएअनुसार त्यहाँको कर्मचारीको हैसियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो', गाम्‍नागेले भनेका छन्, 'प्रज्ञाबाट अवका पाएपछि गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्‍न। यो वर्ष देउसीमा सहभागी गराइएन भनेर वक्तव्यवाजी गरेर काल्पनिक आरोप लगाउनुको कुनै अर्थ छैन।'

गाम्नागेले कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मञ्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु दु:खद् भएको उनले बताएका छन्। 'सिंखडाजीलाई कसैको दबाबमा सभागिताबाट वञ्चित गरिएको होइन। सिस्‍नुपानी नेपाल कसैको दबाब वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन', उनले भनेका छन्, 'यो त निरंकुशतन्त्रविरुद्ध लडेर आएको संस्था हो। हामी विकृति-विसंगतिविरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ।'

गाम्नागेले हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलोज, अश्लीलता, महिलाप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष र समाजमा नकारात्मकता फैलाउने कामविरुद्ध संस्थाले काम गर्दै आएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.