|

काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ। 

हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई लिएर बेइजिङतर्फ उडेको हो। हिमालयन एयरलाइन्सका उपाध्य विजय श्रेष्ठका अनुसार एयरबस ३२० ले पहिलो पटक सीधा बेइजिङको उडान थालेको हो।

पर्यटन मन्त्री योगेश भट्टराईले हिमालयन एयरलाइन्सले बेइजिङ उडान थालेपछि चिनियाँ पर्यटकलाई नेपाल आगमनमा सहज हुने प्रतिक्रिया दिए। 'यसले नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्‍ने छ', उनले भने, 'शुभकामनासहित हिमालयन  एयरलाइन्सलाई धन्यवाद दिन्छु।'

हिमालयनले यसअघि दोहा, आबुधाबी, दम्माम, दोहासहितका क्षेत्रमा उडान भरिरहेको छ। सरकारी सेवा प्रदायक नेपाल वायु सेवा निगमले पनि बेइजिङ उडानको तयारी गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.