समाज

हेटौंडामा लागुऔषधसहित ३  पक्राउ
SHARES

पुस २७, २०७३

    हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण अभियानअन्तर्गत  हेटौंडा १७ रामाटेमा सवारी जाँच गर्ने क्रममा बिरंगज बाट नारायणगढ तर्फ जादै  गरेको ना. ६ ख. ८८४३ नं. को यात्रु बहाक बसमा सवार हेटौंडा ७ का  कृष्ण थापा मगरलाई लागु औषध कोरेक्स १० बोतल र नाईट्रोभेट १७ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले आजै हेटौंडा ११ बाट  ना ३८ प ३८५५ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा ११ का अजयकुर्मीलाई ७० ग्राम गाँजा तथा हेटौंडा ११ कै देवती थिङलाई उनकै घरबाट १ केजि गाँजासहित पक्राउ गरेको जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]