|

सुर्खेत : व्यवथापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले अतिवादीहरुले संघीयताको अतिरन्जित ब्याख्या गरेर जनता भड्काउन खोजेको आरोप लगाएकी छिन्।

उनले संघीयतालाई कमजोर पार्न सबै तर्फबाट हमाला भैरहेको बताइन्। ठुला परिवर्तनमा एक जुटका भएका राजनीतिक दलहरु पुन: एकपटक एकजुट भई संविधानको कार्यान्वयनमा लाग्नुपर्ने सभामुख घर्तीले बताइन्।

नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको ३ दिने माघेसंक्राति मेलाको वीरेन्द्रनगरमा उद्धघाटन गर्दै घर्तीले राजनितिक विषयहरुमा दलहरुबीच सामान्य मतभेद हुनु गणतन्त्रको मुल मान्यता भएको बताइन्। उनले राजनीति दलमा देखिएको मतभेदका कारण संविधान आएसँगै नागरिकहरुमा देखिएको आशा निराशामा परिणत हुनसक्ने बताइन्।

उनले संघियताको विरोधमा जातिय नारा लगाएर जातिय एकतामा खलबल ल्याउन खोजिएको आरोप लगाइन्। राणाशासनको अन्त्य गर्न एकमत भएका दलहरु अब षडयन्त्रकारीहरुलाई हराउन एकजुट हुनुपर्ने उनले बताइन्।

सभामुख घर्तीले छलफल, सहकार्य र संवादबाट देशलाई माथि उठाउनुपर्ने बताइन्।  संविधानले सबै जातजाति र  समुदायलाई समान अधिकार दिएको उनको दाबी छ। उनले संविधानमा समावेश हुन छुटेका अधिकारहरुलाई संविधान संसोधन मार्फत समावेश गरिने बताइन्।

उनले अहिलेको आवश्यकता संविधानको कार्यान्वयन भएको बताइन्। स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने सभामुखको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.