|

काठमाडौं : देश तिहारको रमझममा रमाइरहेको छ। उज्यालो र फूलको पर्व तिहारको सबैभन्दा रमाइलो पक्ष दीपावलीका हो। दिदीभाइको मायाको पर्व तिहारको भब्यता भने दीपावली अर्थात् लक्ष्मीपूजाका दिन देखिन्छ। 

यो दिन केही वर्षअघिसम्म नेपालको अवस्था गुफा भित्रको अध्याँरो जस्तो थियो। देशमा १८ घण्टासम्म हुने लोडसेडिङले दीपावलीको उज्यालो खोसेको थियो। 

तर अहिले अवस्था फरक छ नेपाल विद्युत् प्राधिकरणले बिजुली वितरणलाई व्यवस्थित गर्न सक्दा देशभर दीपावलीको भव्यता देख्न पाइन्छ। खाल्डे सहर काठमाडौँ उपत्यका दीपावलीका दिन अझै भब्य देखिन्छ। 

लक्ष्मीपूजाको राति नेपाल विद्युत् प्राधिकरणले काठमाडौँस्थित आफ्नो केन्द्रीय कार्यालयमा चम्किलो बिजुलीबीच राष्ट्रिय झण्डा फहराएको छ।

त्यसैगरि काठमाडौंका व्यापारिक प्रतिष्ठानहरुले पनि आफ्ना कार्यालयहरुमा बिजुलीको चम्किलो प्रकाशमा विभिन्न आकृति बनाएका छन्। जसलाई देखेर जो कोहीको मन रमाउँछ। 

फोटो फिचर 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.