|

गाईघाट : चौथो उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता माघ २७ देखि सुरु हुने भएको छ। गोल्डकप मुल आयोजक समितिले आज सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका विषयमा जानकारी गरायो।

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको मुल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिए।'गोल्डकपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ,' संयोजक राईले भने,'यसबाहेक भारतको खर्साङ्ग क्लबले पनि प्रतियोगितामा भाग लिने सूचना आएको छ।'

'स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता र सद्भावका लागि उदयपुर गोल्डकप' भन्ने नाराका साथ  फागुन ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने उनले बताए।

गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरेको छ। जसअन्तर्गत आर्थिक व्यवस्थापन उपमिति, खानपान तथा वसोबास व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरु गठन गरिएको छ।

नकआउटको आधारमा खेलाइने गोल्डकप संचालनको लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ।  गोल्डकप विजेतालाई एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई १ लाख रुपैयाँसहित सिल्ड प्रदान गरिने छ। २०६८ सालबाट सुरु भएको उदयपुर गोल्डकपको यो चौथो संस्करण हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.