|
फोटोः विष्णु रिजालको फेसबुकबाट।

काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हरेका वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ। ९४ वर्षिय पत्रकार उपाध्यायको बुधबार राति ८ बजे गंगालाल अस्पतालमा निधन भएको हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले हृदयाघातबाट उपाध्यायको निधन भएको जनाएका छन्।

उपाध्यायको अन्तिम संस्कार बिहीबार बिहान पशुपति आर्यघाटमा हुने उनले फेसबुकमा उल्लेख गरेका छन्। उपाध्याए समाज दैनिकका सम्पादक थिए।

गत वर्ष मंसिरमा नै हृदयाघात भएपछि उपाध्यायलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।

‘नेपाली पत्रकारिताका जीवित इतिहास उपाध्यायले कठिन दिनमा नेपाली समाजको परिवर्तनमा व्यवासायिक पत्रकारिताको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको’ त्यतिबेला पत्रकार महासंघले निकाले विज्ञप्तिमा उल्लेख छ।

‘समाज दैनिकको पर्यायका रूपमा समेत चिनिने उपाध्यायले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गरेका’ थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.