|

बैतडी : नेपालीको दोस्रो ठुलो चाँड तिहारको रौनक छ । उज्यालो र झिलीमिलिको यो पर्वले गाउँघरदेखि सहरबजारसम्म उमंग छाएको छ। 

देउसीभैलो खेल्नेदेखि लिएर आएआपसमा भेटघाटका समेत चलिरहेका छन् ।  साँझको बेला सबैतिर झिलीमिलि देख्न सकिन्छ। 

तिहारलाई सहर र गाउँका नागरिकले केही फरक तरिकाले मनाएको पाइन्छ । बैतडीका अधिकांश बजार क्षेत्रमा घर सजाउने मालाहरु कृृत्रिम प्रयोग गरेको देख्न सकिन्छ। गाउँमा सयपत्रीको माला प्रयोग गरेका छन्।

सहरबजारमा सहजै रुपमा पाइने कृत्रिम मालाको प्रयोग गाउँघरमा पनि  कम मात्रामा हुन्छन्। गाउँघरमा बढीजसो सयपत्री फूलकै मात्राको प्रयोग गरिन्छ। 

बैतडी भारतसँग जोडिएको जिल्ला भएर यहाँ कृत्रिम मालाहरु भारतबाटै आयात हुन्छन् । पछिल्लो समय कृत्रिम मालाको प्रयोग बढेको छ।

बैतडीमा ब्यवसायिक रुपमा पुष्पखेती गरेको पाइँदैन। यहाँका  सबैजसो घरपरिवारले घरको लागी आवश्यक फूल आफ्नै बारीमा उत्पादन गरेका हुन्छन्।  

भाइटीकामा टीकासँगै फूलका माला लगाउने प्रचलन छ। बैतडीमा दशैं तिहारमा यहाँका शक्तिपीठमा मेला–जात्रा लाग्ने गर्दछ।  मन्दिरमा चढाउन फूल नै प्रयोग गर्दछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.