अर्थ

तस्करीको अखडा बन्दै छोटी भन्सार, मासिक २ करोड राजस्व छलिँदै
SHARES

पुस २८, २०७३

    बिर्तामोड : झापाको दक्षिणी नाका भद्रपुर छोटी भन्सार तस्करीको अखडा बन्दा राजस्व सङ्कलनमा नकारात्मक प्रभाव पर्न थालेको छ। छोटी भन्सारबाट आउनुपर्ने सामग्रीहरू पछिल्ला २ महिनायता नयाँबजार, आँपगाछी, भीमनगर, पाठामारी पृथ्वीनगर, केचना र घेरावारी जलथल हुँदै नेपाल भित्रिरहेका छन्। 

    भारतीय बजारबाट यो नाका हुँदै आउनुपर्ने कपडा, सुर्ती, किटनाशक विषादि, जुत्ता–चप्पल र मेसिनरी पार्टपुर्जा अवैध बाटोबाट भित्रिन थालेपछि भन्सार राजस्वमा गिरावट आएको हो। यस्तै नेपालबाट काठ, सुरपारीजस्ता वस्तु भारत तस्करी हुने गरेको छ।

    सिजनमा मासिक ३ करोड रुपैयाँभन्दा माथि राजस्व सङ्कलन गर्ने गरेको भद्रपुर छोटी  भन्सारले पनि कात्तिक महिनायता २ करोड कटाउन सकेको छैन। मङ्सिरमा १ करोड १२ लाख उठेको भन्सारमा पुस महिनाको २७ गतेसम्म ७७ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ।

    व्यापारिक समूहले प्रहरीसँग सेटिङ मिलाएर अवैध कारोवार गरिरहे पनि नियामक निकाय बेखबर रहेको छ। दक्षिणी झापाका सीमावर्ती नाकामा उपल्लो स्तरको ‘सेटिङ’को अफवाह फैलाएर तस्करले सहज रूपमा तस्करीको वातावरण बनाएको स्थानीय बासिन्दा बताउँछन्। 

    सादा पोशाकका प्रहरीले तस्करहरूबाट रकम असुल्ने गरेको उनीहरूको भनाइ छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख शैलेश थापाले सादा पोशाकमा परिचालित प्रहरीले गल्ती गरेको वा तस्करसित साँठगाठ गरेको पाए तुरुन्त कारवाही गर्ने आश्वासन दिए्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]