समाज

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

पुस २८, २०७३

    रुकुम : घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ। 

    रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो। गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकी थिइन्।

    उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए। मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]