|

कपिलवस्तु : कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका– १५ का मक्सुदन अली र प्युठान बाड्डेसालका रबिन नेपाली रहेका छन्। उनीहरुको साथबाट ६ पुरिया ब्राउन सुगर पक्राउ गरिएको र दुवै जनालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा राखिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी नायव निरीक्षक हरिसिंह धामीले बताए। पक्राउ परेका दुबै जनामाथि लागु औषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.