|
फोटो : दिपक केसी

काठमाडौं : बिहीवार पौष शुक्ल पूर्णिमा। नेपाली सनातन हिन्दु धर्मावलम्बीहरू एक महिना लामो श्रीस्वस्थानी व्रतको सुरुआत गर्दैछन्। यो पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने परम्परा छ।

व्रत बस्नेले पौषशुक्ल चतुर्दशीका दिन आफ्नो शरीर तथा पूजास्थलको सरसफाइ गरी तयारी गर्छन्। पूर्णिमादेखि बिहान सबेरै स्नान गरी मध्याह्नमा महादेव र श्रीस्वथानीको पूजा गरी साँझ माघमाहात्म्य अन्तर्गतको श्रीस्वस्थानी व्रतकथा वाचन गरिन्छ। 

एक महिना व्रत बसी माघ शुक्ल पूर्णिमाका दिन स्वस्थानी देवीको विशेष पूजा गरी समापन गरिन्छ। विशेष पूजाका लागि सामग्रीहरू १०८ को संख्यामा चढाउने प्रचलन छ। देवीलाई चढाइएका नैवेद्यमध्ये ८\ ८ श्रीमान् व छोरालई दिई १०० आफूले खानुपर्ने मान्यता रहेको छ। विधिपूर्वक व्रत लिँदा, कथा भन्दा वा सुन्दा मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।

बिहीबार नै काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुको शालीनदीमा माधवनारायण मेला शुरु भएको छ। यस वर्ष २०३  व्रतालु सहभागी रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका बरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले जानकारी दिए।

श्रद्धालुहरू एक महिनासम्म यसै क्षेत्रमा बसेर निष्ठापूर्वक व्रत बस्ने गर्छन्। उनीहरू बिहानै शालीनदीमा स्नान गरी दिउँसो माधवनारायणको पूजामा सहभागी हुने गर्छन्। यो व्रत पनि माघ शुक्ल पूर्णिमाकै दिन समापन हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.