|

काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत धनुषा जिल्लाको जनकपुर–यदुकोहा सडक खण्डको शिलान्यास गरिएको छ। बुधबार जनकपुरमा जनकपुर–यदुकोहा सडकको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले झापादेखि ८ सय किलोमिटर हुलाकी सडक निर्माणको काम छिट्टै अगाडि बढ्ने जानकारी दिए। 

हुलाकी राजमार्ग आयोजनाका सचिव सिद्धान्त वहादुर तामाङका अनुसार जनकपुर यदुकोहा खण्ड निर्माणको लागि ३० करोड ३९ लाख १४ हजार ६ सय ८३ रुपैयाँ लागत रहेको छ। सो सडक निर्माण २०७६ असार ७ गते सम्ममा ठेकेदार कम्पनी दिवा निर्माण सेवा प्रालिले गरिसक्नुपर्ने छ।

मन्त्री लेखकले हुलाकी १५ जिल्लाको हुलाकी सडक खण्डमध्येको २० प्रतिशत सडक निर्माण सुरु भइसकेको बताउदै अहिलेसम्म ८० प्रतिशत हुलाकी सडक निर्माणको लागि टेण्डर लागिसकेको बताए। नेपाल भारतको सहयोगमा बन्ने लागेको उक्त सडक खण्ड १६.६३ किलोमिटर रहेको छ। यो सडक २ लेन अर्थात ७ मिटर चौडाइ रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.