|

चितवन  :  चितवन प्रहरीले तिहारको भाइटीकाका दिन निशुल्क बससेवा सञ्चालन गरेको छ। उपत्यका बाहिर पहिलो पटक चितवन प्रहरीले सर्वसाधारण नागरिकका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको हो। 

नागरिक सहजताका लागि भाइटीकाको दिन नि:शुल्क बस सेवा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चितवनरको समन्वय तथा संयोजनमा सामुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत सर्वसाधारणको सहजताका लागि नि:शुल्क बस सेवा सञ्‍चालन गरिएको उनले बताए।

मंगलबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूर्वी चितवन र पश्‍चिम चितवनका विभिन्‍न रुटमा ना १ क ५६०८, बा १ ग २९९६, प्रदेश ३-१००१ ग ३६५० नम्बरको तीनवटा बसले निशुल्क सेवा दिइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए। चितवन प्रहरिले यसअघि दश‌ैंमा पनि एकदिन निशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.