|

सिरहा : सिरहा नगरपालिका–१५ को माडरबाट जुवा–तास खेलिरहेको अवस्थामा ७३ हजार ६०५ र एक हजार २०० रुपैयाँ भारतीय मुद्राहसहित आठ जनालाई पक्राउ परेका छन्।

सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का २६ वर्षीय नुर खान, ३८ वर्षीय मोहम्मद रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्यामकुमार यादव, २९ वर्षीय रञ्जित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिवकुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.