समाज

सप्तरीमा फेरि भेटियो अजिङ्गर
SHARES

प्रतीकात्मक फोटो
कात्तिक १३, २०७६

    सप्तरी : सप्तरीको पूर्वी सीमाको रुपमा रहेको सप्तकोशी नदीको पश्चिमी तटबन्धमा मंगलबार पुनः अजिङ्गर भेटिएको छ। 

    कोशीको बगरमा गाईवस्तु चराउन गएका गोठालोहरुले घर फर्किने क्रममा तटबन्धमा मंगलबार राति करिब ८ बजेतिर अजिङ्गर फेला पारेका थिए। उनीहरुले लगत्तै हनुमाननगरस्थित इलाका प्रहरी कार्यालयलाई जानकारी दिएका थिए। प्रहरीले करिब १५ किलोग्राम तौलको अजिङ्गर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

    अजिङ्गर हनुमाननगर इलाका प्रहरी कार्यालयमा ल्याएर राखिएको र आवश्यक प्रकृया पूरा गरी डिभिजन वन कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ। गत शनिबार जिल्लाको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिका–१ खरोखोलामा सात फिट लामो अजिङ्गर फेला परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]