|

साउथह्याम्पटनले लिग कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ। लिभरपुललाई १–० ले हराउँदै साउथह्याम्पटनले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। खेलको २० औं मिनेटमा नाथन रेडमण्डले गरेको गोल नै साउथह्याम्पटनको जितमा निर्णायक बन्यो। 

यस्तै बार्सिलोना स्पेनिक कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। प्रि क्वार्टरफाइनलको दोस्रो लेगमा एथ्लेटिक बिल्बाओलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–३ को जितसहित क्वार्टरफाइनलमा पुगेको हो। बार्सिलोनालाई जिताउन लुईस सुआरेज, नेईमार र लियोनेल मेस्सीले १\१ गोल गरे। एथ्लेटिकका तर्फबाट एक गोल इनरिक साबोरिटले फर्काए। पहिलो लेगमा बार्सा २–१ ले हारेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.