|

काठमाडौं : माघे संक्रान्ति नजिकिंदै गर्दा तरुल, पिंडालु र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । प्रशस्त भित्रिएपनि यो वर्ष तरुलको भाउ घट्न सकेको छैन।

कालिमाटी तरकारी बजारमा मात्रै दैनिक औसतमा २ सय मेट्रिक टन तरुल भित्रिएको छ। तर थोक बजारमै केही तरुलको भाउ १ सय ५० भन्दा बढी भएपछि खुद्रा बजारमा उपभोक्ताले किलोको साढे २ सय सम्म तिर्नुपरेको छ।

थोक बजारमा नेपाली तरुल १ सय ५०, स्कुसको जरा १ सय, पिंडालु ४०, सखरखण्ड नेपाली ४० र भारतीय २०, बनतरुल २ सय २०, रातो तरुल ८५, हात्तीपाईले तरुल १ सय २०, पाल्पाको लामो तरुल १ सय ५० रुपैंया किलोमा बिक्री भएको छ।

अहिले पाल्पा, रुपन्देही, नवलपरासी, सर्लाही, काभ्रे, धादिङ्ग, मकवानपुर र नुवाकोटबाट तरुल काठमाडौं भित्रने गरेको छ। यस्तै सखरखण्ड आधाजसो भारत र बाँकी सर्लाही र नुवाकोटबाट आएको बिक्रेताले बताएका छन्।

पिंडालु पनि धेरैजसो तराई र केही मात्रामा पहाडी भेगबाट आएको छ। यो वर्ष किसान आफैले तरुल, पिंडालु र सखरखण्ड ल्याएकाले भाउ राम्रो पाएका छन्। बिहीबार र शुक्रबार बिक्री बढी हुने भएकाले भाउ घट्ने सम्भावना नरहेको बिक्रेताले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.