|

कालिकोट : कर्णालीका दलित महिलाहरुले भोग्नु परेको समस्याका विषयमा चलचित्र निर्माण भएको छ। खस भाषाको उद्गमथलो कर्णालीलाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको खस भाषाको पहिलो चलचित्र पानकली पश्चिम नेपालको जुम्ला, कालिकोट, कैलाली, सुर्खेत र बर्दिया च्यारिटी सो गरेर सार्वजनिक गरिएको छ।

सुदूर तथा मध्यपश्चिमका एक महिलाको भोगाईमा आधारित चलचित्रमा पश्चिम क्षेत्रका आम मानिसको जनजीवन र कथा समेटिएको चलचित्रका निर्देशक तथा लेखक खगेन्द्र न्यौपानेले बताए। ‘मध्य तथा सुदरका दलित महिलाले भोग्नुपरेका समस्या चलचित्रमा उतारिएको छ’ उनले भने,‘यहाँमा महिलाहरुको समस्याका बिषयमा चलचित्र निर्माण गरेका हौं।’

बालविवाह, बहुविवाह, जातीय छुवाछुत जस्ता समस्या चलचित्रमा देखाइएको निर्देशक न्यौपानेले बताए। ‘नेपाली खस भाषाको उद्गम स्थलमा खस भाषा र त्यही प्राकृतिक सुन्दरताले भरिपूर्ण भूमिमा छायांकन गरिएको चलचित्रले वास्तविकता ओकल्ने आश गरेका छौं’ उनले भने, ‘यसले कर्णालीका महिलाहरुको बिगतलाई बताउँछ।’

चलचित्रमा पत्रकार कृष्णराज धमला लाहुरे दर्जी तथा गायिका मनु अधिकारी पानकलीको मुख्य भूमिका रहेका छन्। पत्रकार धमलाले पहिलो पटक भूमिका निर्वाह गर्दा केही अप्ठयारो भएपनि चलचित्रमार्फत दिन खोजेको सन्देशले सबै पीडा बिर्साएको बताए। ‘मैले के कस्तो भूमिका निर्वाह गरेको छु त्यो सकेपछि मात्रै थाहा हुनेछ’ उनले भने, ‘चलचित्रमा केही अन्याय गरे पनि समाजका लागि भने पूर्ण न्याय गरेको छ।’

चलचित्रकी नायिका मनु अधिकारीले नारीले जीवन भरी भोग्नुपर्ने पीडालाई आफूले सक्दो उतारेको बताइन्। उनले हिउँ परिरहेको अवस्थामा छायांकन गर्दा केही पीडा भएपनि फिल्मले दिन खोजेको सन्देश राम्रो रहेको बताइन्।

सामाजिक कुसंस्कार, कुरीति र महिला हिंसाको अवस्था उजागर गर्न र नेपाली भाषाको पहिचानका लागि यो चलचित्र निर्माण गरिएको निर्देशक न्यौपानेको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.