|

बर्दिया : उश्रृंखल युवाको समूहको कुटपिटबाट बर्दियामा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका ८ भुडकैयामा उश्रृंखल युवाको समूहको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा ज्यान गएको हो। 

स्थानीय युवालाई झैंझगडा नगर्न आग्रह गर्दा ठाकुरबाबा नगरपालिका ८ भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई उश्रृंखल युवाको समूहले कुटपिट गरी घाइते बनाएका थिए। थारुको उपचारका क्रममा भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।

मंगलबार वेलुका युवाको कुटपिटबाट चार जना घाइते भएका थिए। घाइते मध्ये सतराम थारुलाई थप उपचारका लागि भारतको लखनउ लगिएपछि ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका ७ कालिगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।

कुटपिटमा संलग्न आशंकामा अरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.