|

भक्तपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले आपत्ति प्रकट गरेका छन्।

राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको बताए। उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको आरोप लगाए।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन सरकारसँग माग गरे। अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको बताए। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको उनले बताए।  

राणाले मधेशी मोर्चालाई साथ नलिई निर्वाचनमा जान नसकिने धारणा राखे। उनले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने बताए।

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकालिसकेको छ। राप्रपाले यथास्थितिमा संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने अडान राख्दै आएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.