|

लहान : सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजारका चार युवकलाई एक हजार १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २० वर्षीय रोशनकुमार यादव, सञ्जितकुमार यादव, १८ वर्षीय सञ्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन्। 

ती युवकहरुको साथबाट प्लाष्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गर्ने स ५ प ३६०३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। 

गोलबजारबाट नौ पक्राउ

यसअघि पनि नगरका विभिन्न ठाउँबाट ब्राउन सुगर र खैरो हिरोइनसहित नौ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। गत असोज ३० मा गोलबजार–५ असनपुरस्थित दुर्गा यादवको कुखुरा फर्ममा लुकाइएको ४३० मिलिग्राम ब्राउन सुगरसहित गोलबजार–६ डोहोटियाका २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो पक्राउ परेका थिए। 

यस्तै, गत भदौ २४ गते गोलबजार ६ स्थित लक्ष्मी मन्दिर आसपासबाट चार दशमलव पाँच ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका थिए। प्रहरीले स्थानीय स्थानीय राहुल भनिने जीवछ साहको घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्रीका लागि लुकाएर राखिएको ब्राउन सुगरसहित घरधनी जीवछ, स्थानीय १९ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको थियो।  

गत भदौ ११ मा गोलबजार–६ डोहोटियाबाट ९० पोकामा प्याक गरी लुकाएर राखिएको आठ ग्राम खैरो हिरोइनसहित २२ वर्षीय वीरेन्द्र यादव र २१ वर्षीय भरत पासवान पक्राउ परेका थिए। गत असार २३ मा गोलबजार–५ बाट ६ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय बलिराम महतोलाई पक्राउ परेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.